काठमाण्डाै । वीर अस्पतालको बर्न युनिटलाई स्तरोन्नति गरेर सुविधा-सम्पन्न बर्न सेन्टरको रूपमा विकास गरिने भएको छ।
साेमबार आगामी आर्थिक वर्ष २०८०/८१ का बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले यसका लागि आवश्यक बजेट छुट्याइएको बताए ।
त्यस्तै निजामति अस्पतालको स्तरोन्नति गरि सुपर स्पेसियालिटी सहितको अस्पतालको रूपमा विकास गरिने तथा प्रादेशिक अस्पतालको समन्वयमा प्रदेश स्तरमा निजामती अस्पतालको सेवा विस्तार गरिने अर्थमन्त्री महतले बताए ।
शुक्रराज ष्ट्रपिकल तथा सरुवा रोग अस्पताललाई तीन सय शैयामा विस्तार गरिने पनि अर्थमन्त्री महतले जानकारी दिए ।
परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा नवजात सिशुका लागि मिल्क बैक सञ्चालन गरिने, बिपी कोइराला क्यान्सर अस्पताल, जिपी कोइराला राष्ट्रिय स्वास-प्रश्वास उपचार केन्द्र, सुशिल कोइराला प्रखर क्यान्सर अस्पताल, मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट केन्द्र, सुरेश वाग्ले मेमोरियल क्यान्सर केन्द्र, रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान र भक्तपुर क्यान्सर अस्पतालको आवश्यक पूर्वाधार विकास तथा उपकरणका लागि बजेट व्यवस्था समेत गरिएको छ ।