• शनिबार, साउन ९ २०८३

गण्डकीमा फेरी देखियाे काेराेना, स्याङ्जाका दुई जनामा संक्रमण


मंगलबार, जेष्ठ १३ २०७७
955
Shares

गोरखा । गण्डकी प्रदेशमा फेरी दुई जनामा काेराेना संक्रमण देखिएकाे छ । स्याङ्जाकाे वालिङमा क्वारेन्टिनमा बसेका दुई जनामा काेराेना पुष्टी भएकाे हाे । स्याङ्जामा पहिलाेपटक काेराेनाे संक्रमित भेटिएका हुन् ।

गण्डकी प्रदेश सभाका सदस्यद्वय भगवतप्रकाश मल्ल र माेहनप्रसाद रेग्मीले म‌ंगलबारकाे प्रदेश सभाकाे बैठकमा उक्त जानकारी गराएका हुन् ।

भारतबाट आएर वालिङकाे क्वारेन्टाइनमा उनिहरुमा काेराेना पाेजेटिभ देखिएकाे र जिल्ला अस्पताल स्याङ्जाकाे आइसाेलेसन कक्षमा राख्ने तयारी भइरहेकाे प्रदेश सभा सदस्य रेग्मीले बताए ।

उनीहरु यही जेठ १० मा भारतबाट आएका थिए । उनीहरुको सोमबार पोखरास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा स्वाब परीक्षण भएको थियो ।

गण्डकी प्रदेशमा यसअघि ३ जनामा काेराेना देखिएकाे थियाे भने साे मध्य दुई जना उपचारपछि निकाे भएर घर फर्किसकेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार