काठमाण्डाै । आगामी आर्थिक वर्षको बजेट आज घोषणा हुँदैछ । संविधानमा भएकाे व्यवस्था अनुसार सरकारले जेठ १५ गते आर्थिक वर्ष २०८०/८१ को बजेट ल्याउन लागेको हो ।
राष्ट्रिय योजना आयोगले अधिकतम १६ खर्ब ८८ अर्बको सीमाभित्र रहेर बजेट ल्याउन सरकारलाई सुझाव दिएकाले आगामी आर्थिक वर्षका साेहि पेरिफेरिमा बजेट आउने अनुमान गरिएकाे छ ।
राजस्वको स्रोत कम हुदै गइरहेकाे अवस्थामा खर्च व्यवस्थापनकालागि वैदेशिक सहायता र ऋणलाई नै पहिलो प्राथमिकतामा राखेको जनाइएको छ ।
अर्थतन्त्र कमजाेर हुदै गइरहेकाे अवस्थामा आउन लागेकाे बजेटलाइ अर्थपूर्ण रुपमा हेरिएकाे छ ।