रुकुमपश्चिमको चौरजहारीमा भएको घटनाको छानविनका लागि गृह मन्त्रालयले समिति गठन गरेको छ । मन्त्रलयका सहसचिवको नेतृत्वमा ५ सदस्यीय छानविन समिति गठन गरेको हाे ।
शनिबार बेलुकी रुकुम पश्चिम चौरजहारी नगरपालिका–८ सोती तीन जनाको मृत्यु र तीन जना बेपत्ता हुने गरी भएको घटनाको छानबिनका लागि गृहले समिति गठन गरेको हो।
गृहमन्त्री रामबहादुर थापाले मंगलबार संसदमा घटनाको छानविनका लागि गृह मन्त्रालयले मन्त्रलयका सहसचिवको नेतृत्वमा प्रहरी वरिष्ठ उपरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका अधिकृत प्रतिनिधि, महान्यायाधिवक्ताको कार्यालयका अधिकृत प्रतिनिधि र गृह मन्त्रालयका उपसचिव रहने गरी छानबिन समिति गठन गरेको जानकारी दिएका हुन्।