शिक्षक सेवा आयोगले आगामी जेठ २० गते सन्चालन हुने प्राथमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक लिखित परीक्षा (सामान्य) को केन्द्र निर्धारण गरेको छ ।
आयोगले बुधबार एक सुचना जारी गर्दै कोशी प्रदेशको सुनसरी र मोरङ्ग, मधेश प्रदेशको धनुषा र पर्सा, बाग्मती प्रदेशको काठमाण्डौ, भक्तपुर र मकवानपुर, गण्डकीको तनहुँ र कास्की, लुम्बीनीको रुपन्देही र दाङ्ग, कर्णाली प्रदेशको सुर्खेत र सुदुरपश्चिम प्रदेशको कैलाली जिल्लामा परिक्षा संचालन गर्ने जानकारी दिएको छ ।
आयोगले गत २०७९ चैत्र ९ विज्ञापन जारी गर्दै आवेदन माग गरेको थियो ।
यस्तो छ, परिक्षा केन्द्र सम्बन्धी सूचना