• सोमबार, साउन १८ २०८३

काठमाण्डाै उपत्यकामा भाेलि सार्वजनिक बिदा


बुधबार, जेष्ठ १० २०८०
1.3K
Shares

काठमाण्डाै – भोटो जात्राको अवसरमा सरकारले काठमाण्डाै उपत्यकाका तीन वटा जिल्ला (काठमाण्डाै, भक्तपुर र ललितपुर) मा भाेलि बिहीवार सार्वजनिक बिदा दिएको छ । 

गृह मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले सूचना निकालेर बिहीवार रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिए ।

भाेलि बेलुकी साढे ४ बजे ललितपुरकाे जावलाखेलमा रातो मत्स्येन्द्रनाथकाे भोटो देखाइनेछ । भाेलि बिहान बुङ्गमतीबाट मत्स्येन्द्रनाथकाे भोटो ल्याइनेछ । यसरी जावलाखेलमा भोटो देखाइसकेपछि फेरि बुङ्गमतीमै पुर्‍याइनेछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार