• सोमबार, साउन १८ २०८३

स्थानीय सभाको बैठकमा वडा कार्यालयको कार्य प्रगतीका बारे छलफल


बुधबार, जेष्ठ १० २०८०
1.5K
Shares

सुदीप श्रेष्ठ
गोरखा ।
शहिद लखन गाउँपालिका वडा नं ७ ले एक वर्षमा २७ योजना सम्पन्न गरेको छ । स्थानिय सभाको आयोजना तथा वडा कार्यालयको ब्यवस्थापनमा भएको वार्षिक समीक्षा एबं अन्र्तक्रिया कार्यक्रममा उक्त तथ्याङ्क सार्वजनिक भएको हो ।

वडाको ३८ योजनामध्ये २७ योजना सम्पन्न भइसकेको वडा सचिव अमृता सिग्देलले जानकारी दिइन् । सो अबसरमा वडावासी नागरीकहरु संग वडाको सेवा–प्रवाह एवं वडा भित्रको गतिबिधीहरुको बारेमा छलफल गरिएको थियो ।

कार्यक्रममा राप्रापाका प्रतिनिधि उदयलाल श्रेष्ठले वडामा भेटनरी प्राबिधिक एकसाता नै बस्नुपर्ने र बाँदर आतंक नियन्त्रणको लागि संबन्धित निकायमा निबेदन लेखी समाधनको प्रयास गर्नु पर्ने माग राखेका थिए । वडाध्यक्ष शरण श्रेष्ठले बजेटको अभाबले प्राविधिक रुपमा कम कर्मचारी राखिएको र बाँदर नियन्त्रणको लागि पालिकाले बनमै बाँदरलाई मनपर्ने फलफुल रोप्ने अभियान सुरु गरेको जानकारी दिए ।

स्थानीय गणेशबाबु लम्सालले मलको अभाबले कृषिजन्य उत्पादनमा घटेकोले मलको व्यबस्थापन गर्नुपर्ने, विद्यालयको भौतिक सुधार मात्र नभइ शैैक्षिक सुधार पनि हुनुपर्ने लगायतका सुझाव दिदै बिपद् व्यवस्थापनको लागि विशेष ध्यान दिन आग्रह गरे ।

स्थानीय मिस्टरबाबु श्रेष्ठले सरकारी कर्मचारी र जनप्रतिनिधिका छोराछोरी सामुदायिक विद्यालयमा पढाउनु पर्ने बताए । यसबाट सामुदायिक विद्यालयको शैक्षिक स्तर उकास्न मद्दत मिल्ने उनको भनाई छ। वडाध्यक्ष श्रेष्ठले कानूनमा आमा बाबु र उनका छोराछोरीले आफुहरुलाई जहाँ पढाउन र पढ्न मन लाग्यो त्यहा पढ्न पाउने अधिकार हुनाले उनिहरुलाई सरकारी विद्यालयमा पढ्न दबाब दिन नसकिएको तर प्रयास भने भइरहेको बताए ।

स्थानीय गणेश प्रसाद श्रेष्ठले चिस्यान केन्द नहुनाले कृषि उत्पादन बिक्री नभएका तरकारी भण्डारण गर्न नसकिएको बताए । चिस्यान केन्द्र निर्माणका लागि जोड दिनु पर्ने उनको सुझाव छ । वडाध्यक्ष श्रेष्ठले कम कम उत्पादन भएको कारण बजारीकरणमा समस्या देखिएको बताए । चिस्यान केन्द्र निर्माणका लागि आवश्यक पहल गर्ने उनको भनाई छ । स्थानीय शेरबहादुर बिश्वकर्माले दलितको नामहरु सच्याउन पाउने पाउनु पर्ने बताए ।

केहि स्थानीयले पानीको व्यवस्थापन नभएको र कालोपत्रे सडकमा पनि कच्चिकै भाडा असुलेको गुनासो गरे । खानेपानी व्यबस्थापनको लागि संघ संस्थामा पहल गर्ने, सवारी भाडादर व्यवस्थापनको लागि सम्बन्धित निकायमा कुरा भैसकेको निर्णय भएर आएपछि कार्यान्वयन हुने वडाध्यक्ष श्रेष्ठले जानकारी दिए ।

स्थानिय सभा वडा न ७ का सहसंयोजक शुक्रराज श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको गाउँपालिका शिक्षा शाखा प्रमुख राजेन्द्र खनाल, बुंकोट स्वास्थ्य चौकीकी प्रमुख बिमला पुलामी, सहिद स्मृति माद्यमिक विद्यालयको प्रधानाध्यापक रोहेणी प्रसाद खनाल, लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा राजनैतिक दलका प्रतिनिधि समाजसेवी, टोलविकास संस्थाका अध्यक्ष, वन उपभोक्ता समितिको प्रतिनिधि स्थानिय लगायतको उपस्थिति रहेको थियो । छलफल एवं अन्र्तक्रिया कार्यक्रमले वडाको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन मद्धत मिल्ने विशवास लिइएको छ । प्राप्त सुझाव एवं गुनासोलाई संबोधन गरी अघि बढ्ने वडाध्यक्ष श्रेष्ठले प्रतिवद्धता पनि जनाएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार