• शनिबार, साउन ९ २०८३

वैदेशिक रोजगारीमा जानेको लर्को, अघिल्लो वर्षको रेकर्ड पछिल्लो १० महिनामै ब्रेक !


मंगलबार, जेष्ठ ९ २०८०
2.9K
Shares

काठमाडौं । पछिल्लो केहि बर्षयता नेपालबाट वैदेशिक रोजगारीमा जाने श्रमिकको संख्या दिनप्रतिदिन बढ्दो क्रममा छ । स्वदेशमा प्रयाप्त रोजगारीको अवसर सृजना नहुँदा दैनिक हजारौ नेपाली युवा विदेश पलायन हुने क्रम बढ्दो छ ।

वैदेशिक रोजगार विभागको पछिल्लो तथयांक हेर्दा साउनयता हरेक महिना सरदरमा ६६ हजारभन्दा बढी नेपाली श्रमिक रोजगारीका लागि विभिन्न देश पुगेका छन् ।

अघिल्लो आर्थिक बर्ष २०७८/७९ मा नेपालबाट रोजगारीका लागि गएकाको संख्यालाई चालु आवको पछिल्लो दश महिनाले नै ब्रेक गरिदिएको विभागको तथ्यांकले बताउछ । गत बर्षभर विदेशमा रोजगारी गर्न विदेश गएकाको संख्यालाई यो बर्षको चालु आव सकिन २ महिनाअघि नै उछिनेको हो ।

विभागका अनुसार चालु आर्थिक वर्षको साउनदेखि बैसाख मसान्तसम्म गरी १० महिनामा नेपालबाट रोजगारीका लागि विदेशिने नेपालीको संख्या साढे ६ लाखभन्दा बढी छ।

आर्थिक वर्ष सकिन २ महिना बाँकी छँदै वैशाखसम्म नयाँ श्रम स्वीकृति लिएर एवम् पुरानो स्वीकृति नवीकरण गरेर वैदेशिक रोजगारीमा जानेको संख्या ६ लाख ६६ हजार २७५ पुगेको वैदेशिक रोजगार विभागले जनााएको छ ।

यो संख्या वैदेशिक रोजगारीका लागि विभागमा नयाँ र नविकरण गरी अन्तिम श्रम स्वीकृत लिएकााको रहेको विभागको तथ्यांकले देखाएको छ।

गत आवको १२ महिनामा रोजगारीका लागि बाहिरिने संख्या ६ लाख ३० हजार ९० जना रहेको थियो।

वैदेशिक रोजगार विभागका अनुसार वैशाखसम्म ४ लाख २१ हजार २७९ जनाले अन्तिम (नयाँ) श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत) लिएका छन् । यो अवधिमा २ लाख ४४ हजार ९९६ जनाले पुनः श्रम स्वीकृति लिएर विदेश उडेका छन् ।

गत आवमा नयाँ कामका लागि म्यानपावरमार्फत जानेको संख्या २ लाख ८६ हजार १ सय ७८ जना रहेको थियो भने विदेशमा गएका र बिदामा नेपाल आएर पुनः रोजगारीका लागि जाने र व्यक्तिगततर्फको संख्या ३ लाख ४३ हजार ९ सय १२ थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार