काठमाण्डाै । रुकुम पश्चिममा दलित युवाको हत्या भएकाे घटनालाई सोच नेपालले विरोध गरेको छ ।
चौरजहारी नगरपालिका–८ सोतीकी आफ्नी प्रेमिका शुष्मा मल्लसंग विवाह गर्न गएका जाजरकोट भेरी नगरपालिका–४ रानागाउँका नवराज विक र उनका साथी टिकाराम विकको हत्याप्रति सोच नेपालले विरोध गरेको हो ।
साेमबार एक प्रेस विज्ञप्ती जारी गर्दै संस्थाले दाेषीलाई कडा कारबाही र पीडित परिवारलाई कानुन बमोजिमको क्षतिपूर्तिको यथाशिघ्र व्यवस्था गर्न समेत माग गरेकाे छ ।
संस्थाका अध्यक्ष वालकुष्ण श्रेष्ठद्धारा हस्ताक्षरित विज्ञप्तीमा भनिएकाे छ ‘अन्तरजातीय प्रेमी जोडीले विवाह गर्न खोज्दा जाजरकोट भेरी नगरपालिका–४ रानागाउँका नवराज विकको स्थानीय कथित माथिल्लो जातका गाउँलेबाट कुट्पिट हुँदा र लखेटिँदा मृत्यु भएको घटना प्रति सोच नेपालको गम्भीर ध्यानाकर्षण भएको छ ।’

त्यस्तै साेच नेपालले भनेकाे छ ‘कथित माथिल्लो जातको सिङ्गो समुदाय नै लागेर हत्या गरिएको उक्त घटनाले नेपाली समाजले आम दलित समुदायलाई हेर्ने विभेदकारी दृष्टिकोणलाई छर्लङ्ग पारेको छ । देश जातीय भेदभाव तथा छुवाछूत मुक्त घोषणा भएको १० वर्षपछि सम्म पनि यस किसिमका घटना बारम्बार दोहोरिनुले सिङ्गो मानव समुदायलाई लज्जित बनाएको छ ।’
त्यस्तै विज्ञप्तीमा दलित भएकै कारण कास्कीको पोखरामा आफन्तको अन्तिम संस्कार गर्न सार्वजनिक स्थलमा बनेको क्रियापुत्री भवनमा प्रवेश निषेध गरेको घटना प्रति पनि आफ्नाे ध्यानाकर्षण भएकाे जनाएकाे छ ।
हेर्नुस प्रेस विज्ञप्ती
