गोरखा । शहिद लखन गाउँपालिका वडा न ८ ले विद्यालयलाई ल्यापटब बितरण गरेको छ । एक शिक्षक एक ल्यापटव कार्यक्रम अन्र्तगत वडाको दुई बिद्यालयलाई ल्यापटब बितरण गरेको हो ।
सोमवार एक कार्यक्रमको आयोजना गरी रामेश्वरी माद्यमिक विद्यालयलाई ११ वटा र राम्चे प्राथमिक विद्यालयलाई ४ थान गरी १५ वटा ल्यापटप बितरण गरेको वडा सदस्य एबं शहिदलखन गाउपालिकाको न्यायिक समिति सदस्य काशी नाथ अंगाईले जानकारी दिए ।
प्रबिधिमैत्रि शिक्षा मार्फत शैक्षिक पठन पाठनलाई अगाडी बढाउने उदेश्यले ल्यापटप बितरण गरिएको अंगाईले बताए ।
ल्यापटप बितरण कार्यक्रममा विद्यालय व्यबस्थापन समिति अध्यक्ष ज्ञान बहादुर रम्तेलको अध्यक्षता तथा वडा अध्यक्ष वासुदेब ढकालेको प्रमुख अतिथ्यतमा भएको कार्यक्रममा गाउ कार्यपालिका सदस्य विमला ढुंगाना, शिक्षक अभिभावक संघका अध्यक्ष ईन्द्र दाज ढकाल, शिक्षक, विद्यार्थि लगाएतको उपस्थिति रहेको थियो ।