• शुक्रबार, भाद्र १९ २०८३

भारतमा अलपत्र परेका ७ महिलाको उद्धार


सोमबार, जेष्ठ ८ २०८०
795
Shares

काठमाडौँ । भारतमा अलपत्र परेका ७ महिलालाई प्रहरीले उद्धार गरेको छ।

भारतको बाटो हुँदै वैदेशिक रोजगारीमा जान हिँडेका सात महिलालाई नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले दुई साताअघि उद्धार गरेको हो।

कुवेत,ओमन लैजाने भन्दै भारत पुर्‍याएर एजेन्ट सम्पर्कविहीन बनेपछि अलपत्र परेको ब्युरोले जनाएको छ । 

हेल्पक्रस संस्थाले नेपाली दूतावासलाई पत्रचार गरेपछि ब्युरोले उद्धार गरेको जनाएको छ । 

२५ देखि ३५ वर्ष उमेरका उनीहरू सोलुखुम्बु, रूपन्देही, सुर्खेतका जिल्लाका स्थानीय हुन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार