• आइतबार, साउन १० २०८३

सुनसरीमा २ दिने निशुल्क आँखा जाँच शिविर, २२ सय जना भन्दा बढीको परिक्षण


आइतबार, जेष्ठ ७ २०८०
810
Shares

काठमाडौँ । सुनसरीमा २ दिने निशुल्क आँखा शिविर सम्पन्न भएको छ । नेपाल नेत्रज्योति संघ पुर्वान्चल क्षेत्रिय आँखा उपचार कार्यक्रम विराटनगर आँखा अस्पताल र देवानगन्ज गाँउपालिका सुनसरीको संयुक्त आयोजनामा देवानगन्ज गाँउपालिकामा २ दिने निशुल्क आँखा जाँच तथा शल्यक्रिया शिविर सम्पन्न भएको हो ।

नुरदुबई फाउन्डेसनको आर्थिक सहयोगमा सम्पन्न आँखा शिविरमार्फत् २ हजार १ सय ९९ जनाको आँखा परीक्षण गर्दा २४२ जनामा मोतिबिन्दुको समस्या देखिएको छ । बुधबार सम्ममा १५४ जना बिरामीको मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिसकिएको र बाँकि बिरामी बिरामीहरुको पनि निशुल्क शल्यक्रिया गरिने अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा रक्षा पन्तले बताइन् ।

जेठ १ र २ गते देवानगन्ज गाँउपालिकामा चलेको उक्त शिविर मार्फत दृष्टिदोष भएका ९ सय १९ जना बिरामीहरुलाई निशुल्क चस्मा समेत वितरण गरिएको विराटगनर आँखा अस्पतालका बाह्य कार्यक्रम संयोजक मोहम्मद रफिकले बताए ।

शिविरमा मोतिबिन्दु देखिएका बिरामीहरुलाई विराटनगर आँखा अस्पतालमा ल्याई निशुल्क शल्यक्रिया गरिएको थियो । आँखा उपचारको पहुँच र आर्थिक अभावमा लामो समयदेखि दृष्टिविहीन बस्न बाध्य भएका बिरामीहरूले आफ्नो घर आँगनमै निशुल्क आँखा उपचार सेवा पाएपछि खुसी हुँदै स्वास्थ्यकर्मीहरूलाई धन्यवादसमेत दिएका थिए।

शिबिर मार्फत सुनसरी जिल्ला सहितका छिमेकि जिल्लाहरुका साथै सिमा क्षेत्रका भारतका नागरिकहरु समेत लाभान्वित छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार