• शनिबार, साउन ९ २०८३

दुबई पठाइदिन्छु भन्‍दै ९ लाख ठगी, एक जना पक्राउ


आइतबार, जेष्ठ ७ २०८०
1.1K
Shares

काठमाडौं। दुबई पठाइदिन्छु भन्‍दै ९ लाख ५० हजार रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको चौरीदेउराली गाउँपालिका-६ घर भई हाल काठमाडौको बुढानीलकण्ठ नगरपालिका-१० कपन आकाशेधारा बस्‍ने २९ वर्षीय उमेश रिमाल रहेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नयाँ बानेश्वरबाट उनलाई पक्राउ गरेको हो । पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग, बुद्धनगर पठाइएको प्रहरीले जनाएको छ ।

उनले १७ जना पीडितलाई वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्‍दै प्रतिव्‍यक्ति २ लाखका दरले रकम उठाएर सम्पर्कविही भएको प्रहरीको आरो छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार