• शनिबार, साउन ९ २०८३

अनुमति नदिई पाेल्याण्ड रोजगारीमा पठाउन खोज्ने दुई विदेशी नागरिक काठमाण्डौबाट पक्राउ


आइतबार, जेष्ठ ७ २०८०
1.1K
Shares

सरकारी अनुमति र प्रकृयाबिना पोल्याण्ड लैजाने तथा त्यहाँको रोजगारीका बारेमा अभिमुखीकरण (सेमिनार) गर्न खोज्ने दुई जना विदेशी नागरिक काठमाण्डौबाट पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बेलारुसका ३० वर्षीया रीता फियाडोसिक र ओलिग फियाडोसिक रहेका जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दानबहादुर कार्कीले जानकारी दिए ।

उहाँका अनुसार पक्राउ परेकाहरूले सामाजिक सञ्जाल टिकटकमार्फत् विज्ञापनबारे जानकारी गराइ पोल्याण्डमा रोजगारीका बारेमा हिजो शनिवार र आज आइतवार सेमिनार गर्ने बताएका थिए ।

झण्डै पाँच सय जना नेपाली नागरिकको भेला गर्ने गरी तयारी पूरा गरेको तर यसबारेमा उनीहरुले कुनै पनि सरकारी निकायलाई जानकारी नगराएको प्रहरीको भनाइ छ ।

पक्राउ परेका उनीहरुको बारेमा वैदेशिक रोजगार विभागलाई जानकारी गराइएको जिल्ला प्रहरी परिसर काठमाण्डौले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार