• शनिबार, भाद्र २० २०८३

विपन्न, असहाय, बेवारिसे बिरामीलाई नि:शुल्क उपचार नगर्ने निजी अस्पताललाई कारबाही 


आइतबार, जेष्ठ ७ २०८०
845
Shares

काठमाडौं । काठमाडाैं महानगरपालिकाका मेयर बालेन्द्र शाहले उपचारका लागि आउने विपन्न, असहाय, बेवारिसे बिरामीका लागि कुल शय्याको दश प्रतिशत शय्या छुट्याइ नि:शुल्क उपचार नगर्ने निजी अस्पताललाई कारबाही गर्ने बताएका छन्।

मेयर शाहले १० प्रतिशत शय्या छुट्याएर बिरामीलाई उपचार सेवा दिएको विवरण अनिवार्यर रुपमा हरेक महिनाको १० गते भित्र बुझाइसक्न पनि निर्देशन दिएका छन्।

मेयर शाहले यसअघि महानगर अन्तर्गतको स्वास्थ्य विभागले जारी गरेको सूचना ९विपन्न बिरामीका लागि सबै अस्पतालमा दश प्रतिशत शय्या छुट्याउन काठमाडौं महानगरको निर्देशन० पुनस् सार्वजनिक गर्दै कारबाही गर्ने जानकारी दिएका हुन्। उनले महानगरपालिका क्षेत्रभित्रका केन्द्र, प्रादेशिक स्थानीय सबै प्रकृतिका स्वास्थ्य संस्थालाई उक्त निर्देशन दिएका छन्।

ुलक्षित वर्गले निःशुल्क सेवा लिएका व्यक्तिहरूको विवरण टाँस गर्ने तथा महानगरमा प्रत्येक महिना को १० गतेसम्म नबुझाउने लगायत कार्य नगरेको पाइएमा काठमाडौं महानगर पालिकाबाट नियमानुसार कारवाही हुने व्यहोरा सम्बन्धित सबै स्वास्थ्य संस्थाहरूलाई जानकारी गराइन्छ, मेयर शाहले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार