• शनिबार, साउन ९ २०८३

आजदेखि सरकारको नीति तथा कार्यक्रममाथि छलफल


आइतबार, जेष्ठ ७ २०८०
1K
Shares

सरकारको नीति तथा कार्यक्रममाथिको छलफल आजदेखि सुरु हुने भएको छ। संघीय संसदका दुवै सदनमा छुट्टाछुट्टै बैठक बसेर नीति तथा कार्यक्रममाथि छलफल सुरु हुनेछ।

बिहान ११ बजे सुरु हुने प्रतिनिधिसभाको बैठकमा आज प्रमुख प्रतिपक्ष दलका नेतासमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले टिप्पणी गर्ने भएका छन् । नीति कार्यक्रममाथि केही सांसदले संशोधन दर्तासमेत गराएका छन्।

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले शुक्रबार संसदमार्फत सार्वजनिक गरेको नीति तथा कार्यक्रमले मुलुक र मुलुकको अर्थतन्त्रलाई गति दिन नसक्ने एमालेको प्रारम्भिक प्रतिक्रिया दिएको छ।

सत्तापक्षकै दलका सांसदले पनि नीति कार्यक्रमप्रति सन्तुष्टि जनाएका छैनन् । सांसदहरुले बोल्ने क्रम सकिएपछि सरकारले जवाफ दिनेछ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार