• शनिबार, साउन ९ २०८३

दुई वर्षमा ५ लाखलाई रोजगारी दिइने याेजना


आइतबार, जेष्ठ ७ २०८०
975
Shares

सरकारले युवासँग सरकार, कोही हुने छैनन् बेरोजगार भन्ने नीति लिएको छ ।

युवासँग सरकार, कोही हुने छैनन् बेरोजगार नीति अन्तर्गत सरकारले आउँदो दुई वर्षमा थप पाँच लाख रोजगार सृजना गर्ने भएको छ ।

शुक्रवार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन् ।

कसरी गर्ने रोजगारी सिर्जना?

– निजी क्षेत्रसँगको सहकार्यमा राष्ट्रिय सीप विकास तथा रोजगार कार्यक्रम सञ्चालन गर्ने।

– उत्पादनसँग प्रत्यक्ष जोडिने रोजगार र उद्यमशीलता सम्बन्धी संस्था कोष तथा कार्यक्रमलाई एकिकृत गर्ने।

– श्रम बजारको मागअनुसार सीपयुक्त मानव संशोधन उत्पादनको लागि सरकारी तालिम प्रदायक संस्थानहरूलाई एकीकरण गरी राष्ट्रिय प्राविधिक तथा व्यवसायिक प्रशिक्षक प्रतिष्ठान स्थापना गर्ने।

– श्रम र श्रमिकको कदर हुने गरी न्यूनतम पारिश्रम तथा कार्यान्वयनमा देखिएको समस्या सम्बोधन गर्न न्यूनतम ज्याला जीवन धान्न पुग्ने गरी स्वचालित ज्याला प्रणाली लागू गर्ने।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार