सरकारले वैदेशिक रोजगारीमा रहेका नेपालीको समस्या सम्बोधनका लागि २४ घण्टे हटलाइन सेवा सञ्चालन गर्ने भएको छ ।
सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन ।
यस्तै उनले श्रमिकका समस्या सुन्न र समाधान गर्नका लागि विदेशमा रहेका नेपाली दूतावासमा रहेका श्रम डेस्कलाई थप व्यवस्थित बनाइने घोषण गरे ।