• शनिबार, भाद्र २० २०८३

शय्या विवरण अब अस्पतालको वेबसाइटमा


आइतबार, जेष्ठ ७ २०८०
780
Shares

काठमाडौँ । हरेक सरकारी अस्पतालले शय्या उपलब्धबारे वेबसाइटमार्फत दैनिक सूचना उपलब्ध गराउनुपर्ने भएको छ। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले अनिवार्य रूपमा वेबसाइटमार्फत शय्या भएको या नभएको विषय दैनिक उपलब्ध गराउन निर्देशन दिएका हुन् ।

मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री बस्नेतले सङ्घीय अस्पतालले सामान्य र आकस्मिक शय्यामा भर्ना भएका तथा रिक्त शय्या सङ्ख्याको विवरण वेबसाइटमा दैनिक अद्यावधिक गर्नुपर्ने जानकारी दिए।

उनले अस्पतालमा भीड व्यवस्थापन र सहजीकरणका गर्न सङ्घीय अस्पतालमा बहिरङ सेवामा अनलाइन टिकट व्यवस्था आगामी १५ दिनभित्र गर्न निर्देशन दिएको बताए ।

उनले पहुँच भएकाले तत्कालै सहजै अस्पतालमा शय्या पाउने तर पहुँच नभएका बिरामीले नपाउने अवस्था रहेकाले दैनिक शय्याको अद्यावधिक गर्न निर्देशन दिएको बताए ।

अस्पतालको शय्या खोजीमा हिँड्दाहिँड्दै बिरामी मृत्यु हुने गरेको भन्दै उनले सबै बिरामीको पहुँच र समय व्यवस्थापनका लागि अस्पतालले आगामी सात दिनभित्र अनिवार्य रूपमा यस्तो विवरण वेबसाइटमा राख्न थाल्नुपर्ने जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार