वैदेशिक रोजगारीमा जानेले अब स्थानीय तहबाटै श्रम स्वीकृति पाउने भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले स्थानीय तहबाटै उक्त सेवाको व्यवस्थापन मिलाउन परिपत्र भएअनुसार स्याङ्जाको भीरकोट, वालिङ, गल्याङ र पुतलीबजार नगरपालिकाले सेवा सुरु गरेका हुन् ।
स्थानीय तहमा रहेका रोजगार केन्द्रबाट उक्त सेवा सुरु गरिएको हो । वैदेशिक रोजगारमा जान चाहने स्थानीय नागरिकले नगरपालिकाको रोजगार सेवा केन्द्रबाट श्रम स्वीकृती र पुनः श्रम स्वीकृति लिन सक्ने ति नगरपालिकाहरुले जनाएका छन् ।
हालसम्म भीरकोटबाट १३, वालिङबाट ८, गल्याङबाट ४ र पुतलीबजारबाट १ गरि जम्मा २६ जनाले यो सेवा लिइसकेका छन् ।