काठमाडौं । निजी क्षेत्र नेपालको सबैभन्दा ठूलो रोजगारदाता रहेको एक प्रतिवेदनले देखाएकाे छ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र इन्टरनेसनल फाइनान्स कर्पोरेशन (आईएफसी) ले सार्वजनिक गरेको प्रतिवेदनअनुसार देशको सबैभन्दा बढी राेजगारी नीजि क्षेत्रले सृजना गरेकाे देखाएकाे हाे ।
जहा कुल श्रमशक्तिको ८५ दशमलव ६ प्रतिशतलाई रोजगारी दिइएको प्रतिवेदनमा उल्लेख छ। देशको श्रमशक्तिको ठूलो हिस्सा कृषि, वन, माछापालन (५७ प्रतिशत) र सवारीसाधन मर्मत (१२ दशमलव ५ प्रतिशत ) सहित थोक तथा खुद्रा व्यापारमा कार्यरत छ।
२०१८ सम्म निजी क्षेत्रले करिब ५५ मानिसलाई रोजगारी दिएको छ, जबकी सार्वजनिक क्षेत्रले ४ लाख २७ हजार मानिसलाई रोजगारी दिएको छ। लगानीमा वृद्धि ७१ द्यशमलव ६ प्रतिशत छ। देशभित्र हुने कुल लगानीको ७६ दशमलव ९ प्रतिशत निजी क्षेत्रको हिस्सा रहेको अध्ययनमा उल्लेख छ।
त्यस्तै देशको अर्थतन्त्रमा निजी क्षेत्रको योगदान ८१ प्रतिशतभन्दा बढी रहेको अध्ययनले देखाएको छ । देशको कुल गार्हस्थ उत्पादन (जीडीपीमा) मा निजी क्षेत्रले ८१ दशमलव ५५ प्रतिशत योगदान पु¥याएको र त्यसमा सेवा र कृषि क्षेत्रको प्रमुख भूमिका रहेको प्रतिवेदनमा उल्लेख छ ।
‘नेपालमा निजी क्षेत्रको अवस्थाः योगदान र अवरोध’ शीर्षकको प्रतिवेदनले आर्थिक वर्ष २०११/१२ देखि २०२०/२१ सम्मको तथ्यांकलाई विश्लेषण गर्दै नेपालमा निजी क्षेत्रको योगदान र वर्तमान सन्दर्भको मूल्यांकन गरेको छ ।
प्रतिवेदन नेपालको सम्पूर्ण निजी क्षेत्रका लागि बृहत् आधार रेखा सिर्जना गर्ने पहिलो प्रयास गरेको जनाइएको छ। प्रतिवेदनले नेपाली अर्थतन्त्रमा निजी क्षेत्रको योगदानको स्न्यापसट प्रदान गर्न प्रकाशित र अप्रकाशित दुवै माध्यमिक डेटाको विश्लेषणलाई संयोजन गरेको छ ।