• शनिबार, साउन ९ २०८३

नक्कली शरणार्थी प्रकरणका दोषीलाई उन्मुक्ति दिन हुदैन – कांग्रेस नेता सत्तार


बिहिबार, जेष्ठ ४ २०८०
870
Shares

नेपाली कांग्रेसका केन्द्रीय सदस्य अब्दुल सत्तारले नक्कली शरणार्थी प्रकरणका दोषीलाई कारबाही गर्नुपर्ने बताएका छन्।

नेपाली कांग्रेसले गोरखाले गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेको सम्मानमा सदरमुकाममा बुधबार आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा केन्द्रीय सदस्य सत्तारले पैसाका लागि नेपाली नागरिकलाई गैरनागरिक बनाउने यस्तो जघन्य अपराधमा संलग्नहरुलाई कुनै पनि बहानामा छुट दिन नहुने बताए।

जनचाहना भन्दा बाहिर गएर काम गर्ने छुट कसैलाई नभएको भन्दै उनले विकास र सुशासनलाई मख्य एजेण्डा बनाएर अघि बढ्न मुख्यमन्त्री पाण्डेको ध्यानाकर्षण गराए। सत्तारले सुशासनका कुरा गरेर मात्र नहुने भन्दै व्यबहारमा देखिनु पर्ने बताए।

विकासका लागि सहज वातावरण सिर्जना भएको भन्दै रोजगारमूलक योजनालाई प्राथमिकतामा राखेर काम गर्न केन्द्रीय सदस्य सत्तारले जोड दिए। समयलाई खेर नफाली अघि बढेमा गण्डकीलाई विकासको नमूना प्रदेश बनाउन सकिने उनले बिश्वास व्यक्त गरे।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार