• आइतबार, साउन १० २०८३

काठमाडाैंमा नि:शुल्क एम्बुलेन्स प्रयाेग गर्न के गर्ने ?


शनिबार, बैशाख ३० २०८०
1.7K
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौंवासीका लागि २४ सैँ घण्टा निःशुल्क एम्बुलेन्स सेवा लिन सकिने व्यवस्था गरेको छ।

१०२ नम्बरमा फोन गरी निःशुल्क एम्बुलेन्स सेवा लिन सकिने महानगरले जनाएको छ। यो सुविधाको लागि बिरामीले कुनै पनि शुल्क तिर्नुपर्ने छैन। महानगरका मेयर बालेन्द्र (बालेन) शाहले काठमाडौंमा एम्बुलेन्स सेवा निःशुल्क गरिएको सामाजिक सञ्जाल ट्वीटर मार्फत जानकारी दिएका छन्। 

उनले लेखेका छन्, ‘काठमाडौं भरी २४ घण्टा नै १०२ मा कल गरेर निःशुल्क एम्बुलेन्स सेवा लिन सक्नु हुन्छ। यो सुविधा प्रयोग गरे बापत कुनै शुल्क तिर्न पर्ने छैन।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार