• शनिबार, साउन ९ २०८३

श्रम बजारमा नयाँ गन्तब्यकाे खाेजीका लागि वैदेशिक रोजगार मेला


शनिबार, बैशाख ३० २०८०
2.1K
Shares

काठमाडौं । नयाँ श्रम गन्तव्यको खोजीमा वैदेशिक रोजगार मेला आयोजना गर्ने तयारी भएकाे छ ।

वैदेशिक रोजगार बोर्डको सचिवालयले वैदेशिक रोजगारीमा जानेका लागि नयाँ श्रम गन्तव्यको खोजीका लागि मेलाकाे आयाेजना गर्ने भएकाे हाे ।

बोर्ड सचिवालय र नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घबीच बिहीवार भएको छलफलले खाडी र मलेसियामा केन्द्रित श्रम बजारलाई युरोपलगायत मुलुकमा विस्तार गर्नका लागि वैदेशिक रोजगार मेला आयोजना गर्नु उपयुक्त हुने निष्कर्ष निकालेको छ ।

बोर्डका कार्यकारी निर्देशक डा द्वारिका उप्रेतीले अन्तरराष्ट्रिय श्रम बजारको अध्ययन गर्ने गराउने र नयाँ अन्तरराष्ट्रिय श्रम बजारको खोजी गर्ने गराउने वैदेशिक रोजगार ऐनमा भएको व्यवस्थाबमोजिम नयाँ श्रम गन्तव्य मुलुकको खोजी गर्न लागिएको जानकारी दिए ।

प्रत्येक वर्ष झण्डै ५ लाखको हाराहारीमा नेपाली श्रम शक्ति वैदेशिक रोजगारीमा जाने गरेको वर्तमान अवस्थामा युरोप, क्यानडालगायत मुलुकमा रोजगारीको दायरा विस्तार गर्न आवश्यक रहेको उनको भनाइ छ ।

छलफल कार्यक्रममा बैदेशिक राेजगार ब्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीलगायतकाे सहभागिता रहेकाे थियाे ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार