• शनिबार, साउन ९ २०८३

‘अख्तियारको दुरुपयोग गर्ने प्रमुख आयुक्त प्रेम राईंलाई महाभियोग किन नलगाउने ?’


शुक्रबार, बैशाख २९ २०८०
965
Shares

काठमाडाैँ । नेपाली काँग्रेसका केन्द्रिय सदस्य अजयबाबु शिवाकाेटीले अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगका प्रमुख आयुक्त प्रेम कुमार राईलाई महाअभियाेग किन नलगाउने भन्दै प्रश्न गरेका छन् । सामाजिक सञ्जालमा लेख्दै शिवाकाेटीले आम जनताले राईलाई महाअभियाेग किन नलगाउने भन्दै जनताले प्रश्न गरिरहेकाले सांसदहरुकाे धारणा समेत माग गरेका हुन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रमुख आयुक्त राईले आफ्नाे अख्तियारकाे दुरुपयाेग गरेकाे समेत उनकाे ठहर छ । आर्थिक लेनदेनकाे बिषयमा तत्कालिन गृहसचिव तथा वहालवाला अख्तियारका प्रमुख आयुक्त विरुद्ध समेत परेको उजुरीको यथेष्ट अनुसन्धान नै नगरि तामेलीमा पठाउने कुरा गम्भीर घटना भएकाले राईलाई महाअभियाेग लगाउनु पर्ने काँग्रेस युवा नेता शिवाकाेटीकाे राय छ ।

‘नक्कली शरणार्थी प्रकरणमा उजुरीकर्ता र सरोकारवाला निकायहरूसँग बयान समेत नलिई उजुरी टुंग्याउने कार्य पछाडी प्रमुख आयुक्त प्रेम राईको नियत के हो? संवैधानिक अंगका प्रमुखको यो कार्यले अख्तियारको मर्म माथी प्रहार भएसँगै स्वयं अख्तियारको समेत दुरूपयोग भएको छ। के अख्तियारको दुरुपयोग गर्ने प्रमुख आयुक्त सो पदका लागि लायक छन्?’ उनले प्रश्न गरेका छन् ।

हेर्नुस उनकाे पाेष्ट

नक्कली भुटानी शरणार्थी प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा ३ मंसिर २०७८ मै दर्ता भएको उजुरीमा ‘केशवप्रसाद दुलालले तपाईं (प्रेमकुमार राई) गृह सचिव रहँदाको समयमा इन्द्रजित राई र तपाईंलाई रकम दिएपछि हामीसँग ३ करोड ४० लाख रुपैयाँ बुझेको हुँदा उक्त रकम उपलब्ध गराइदिनु हुन विनम्र अनुरोध गर्दछु’, भन्ने उल्लेखित उजुरीको अंश समेत राख्द अनलाइनखबरले समाचार लेखेको छ।

समाचार अनुसार तत्कालिन गृहसचिव तथा वहालवाला अख्तियारका प्रमुख आयुक्त विरुद्ध समेत परेको उजुरीको यथेष्ट अनुसन्धान नै नगरि तामेलीमा पठाउने कुरा गम्भीर घटना हो। नक्कली शरणार्थी प्रकरणमा उजुरीकर्ता र सरोकारवाला निकायहरूसँग बयान समेत नलिई उजुरी टुंग्याउने कार्य पछाडी प्रमुख आयुक्त प्रेम राईको नियत के हो? संवैधानिक अंगका प्रमुखको यो कार्यले अख्तियारको मर्म माथी प्रहार भएसँगै स्वयं अख्तियारको समेत दुरूपयोग भएको छ। के अख्तियारको दुरुपयोग गर्ने प्रमुख आयुक्त सो पदका लागि लायक छन्?

यस प्रकरणमा उनलाई महाभियोग किन नलगाउने भनेर आम नागरिकको प्रश्नमा उनको जवाफ आम नेपालीले खोजेका छन्। प्रमुख आयुक्तलाई महाभियोग लगाउने बारे संसदमा रहेका सांसदहरुको धारणा के हो? जनता जान्न चाहन्छन्?

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार