• सोमबार, साउन १८ २०८३

कपोलकल्पित आरोप लगाइएको भन्दै खड्काले गराए ध्यानाकर्षण


बिहिबार, बैशाख २८ २०८०
765
Shares

गोरखा । गोरखा नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख उपसचिब चन्दबहादुर खड्काले आफु विरुद्ध अनावश्यक आरोप लगाइएको बताएका छन् ।

मंगलबार नेकपा माओबादी निकट वडाध्यक्षहरुले भ्रामक समाचार सम्प्रेण गरि गम्भीर आरोप लगाएको भन्दै उक्त कुरा प्रति आफ्नो ध्यानकर्षण भएको बताएका हुन् । गोरखा नगरपालिकाद्धारा निम्न माध्यमिक तहको अंग्रेजी विषयको परीक्षामा १ जनाको मात्र नाम निकालेको, अमुक कर्मचारीको करार म्याद थप गरेको, कर्मचारी गुटबन्दी गरेको भन्ने जस्ता कपोल कल्पित समाचार गोरखा नगरपालिका ६ वटा वडाध्यक्षहरुको पत्रकार सम्मेलन गरी दिएको भनि ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

‘कर्मचारी म्याद सम्बन्धमा यस नगरपालिकाको मिति २०७९ बैशाख ११ मा भएको कार्यापालिकाको निर्णय बमोजिम यस नगरपालिकामा कार्यरत सम्पूर्ण करार कर्मचारीको म्याद थपको पत्रमा मेरो हस्ताक्षर भएको कुरा सहि साँचो हो । सो कुरा मेरो व्यक्तिगत नभई नगरपालिकाको निर्णय निमित्त प्रमुख प्रशासकीय अधिकृत हैसियतले कार्यान्वयन गरेको स्पष्ट पार्न चहान्छु । जहाँसम्म १ ब्यक्तिको तलब भत्ता थप गरेको भन्ने छ सोमा वडा कार्यालयबाट प्राप्त पत्रमा मैले नियामानुसार आवश्वयक कार्यथ भनी प्रशासन शाखालाई तोक लगाएको हो । उक्त विषयमा कार्यान्यवन गराउने नगराउने मेरो जिम्मेवारी तथा कार्यक्षेत्र मेरोमा पर्दैन, बरु अन्य केही कर्मचारीको त्यस अघि तलब भत्ता खुवाएको कुरा सम्बन्धित शाखामा नै बुझ्न अनुरोध गर्दछु,’ शिक्षा, युवा तथा खेलकुद शाखाका उपसचिब खड्काद्धारा हस्तक्षरित ध्यानकर्षण पत्रमा उल्लेख छ ।

यस्तै उक्त ध्यानाकर्षण पत्रमा अगाडी लेखिएको छ, ‘शिक्षक नियुक्ति सन्र्दभमा शिक्षक सेवा आयोग नियमावाली, गोरखा नगरपालिका शिक्षा ऐन २०७४, यस नगरपालिकाद्धारा मिति २०७५/०२/१३ मा जारी शिक्षक नियुक्ती सम्बन्धी संम्क्षिप्त कार्यबिधि २०७५ को व्यवस्था अनुसार शिक्षक छनौट समिति गठन भई,शिक्षक छनौट सम्पूर्ण कार्य सोही समितिको अधिकार क्षेत्रभित्र पर्ने हुँदा शिक्षक छनौट सम्पूर्ण कार्य सोही समितिले गरेको र सो कार्यमा म र शाखामा कार्यरत कर्मचारी कसैको संलग्नता नरहेको व्यहोरा जनाकारी गराउँदछु।’

कर्मचारी गुटबन्दी ग¥यो भन्ने आरोपको पनि उनले खण्डन गरेका छन्,‘मलाई कसैले नबोलाईकन नगर प्रमुख, उप प्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतकोमा समेत नजाने र आफ्नै शाखामा बसेर काम गर्ने स्वाभावको भएकाले सो आरोप कपोलकल्पित मात्र भएको जानकारी गराउन चहान्छु’ ध्यानकर्षण पत्रमा उल्लेख छ । उनले आफू माथि शृखंलाबद्ध रुपमा विभिन्न लाञ्छाना लगाइ विभिन्न क्रियाकलाप भएका भन्दै दुखः व्यक्त गरेका छन् । मिति २०८०/०१/१२ गतेको शिक्षक छनौटमा यी मान्छेलाई पास गराउन यी÷यी विषय विज्ञ बोलाइदिन भनि दबाब दिएको उनले बताए ।

‘सो सम्बन्धी प्रमाण मसँग सुरक्षित रहेको छ, मैले उक्त शिक्षक छनौट परीक्षा विशुद्ध शिक्षक छनौट समितिको अधिकार क्षेत्र भएकाले मैले त्यस्तो नियम विपरीत काम नहुने व्योहोरा दबाब कर्ताहरुलाई अवगत गराइएको थिएँ । जसको सत्यतथ्य यर्थाथ सो परीक्षा समितिका पदाधिकारीहरुलाई सोध्न बुझ्न अनुरोध गर्दछु’ खड्का द्धारा हस्तक्षरित पत्रमा उल्लेख छ ।

उनले गोरखा नगरपालिका भित्रका ६ वटा वडाध्यक्षहरुले लगाएको आरोप तथ्यहिन र कपोलकल्पित भएको दाबी गरेका छन । झुटको खेती नगर्न समेत उनले आग्रह गरेको छ । साथै उनले सो कुराको आवश्यक छानबिन गर्न माग गरेका छन् । उनी बिरुद्ध मंगलबार ६ जना वडाध्यक्षहरुले विभिन्न आरोप लगाएका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार