गोरखा । गोरखा नगरपालिका शिक्षा शाखा प्रमुख चन्द्रबहादुर खड्कामाथी भएको दुब्र्यव्यहारको नेपाल निजामती कर्मचारी युनियनले भत्सर्ना गरेको छ ।
केहिदिन अघि शिक्षक नियुक्तीका बिषयलाई लिएर मेयर कृष्णबहादुर रानाका स्वकिय सचिव अनिश अर्याल (ज्याक) ले शिक्षा शाखा प्रमुख खड्कामाथी दुब्र्यव्यवहार गरेको भन्दै युनियनले विज्ञप्ती मार्फत भत्सर्ना गरेको हो ।
युनियनका जिल्ला अध्यक्ष लेखबहादुर थापाद्धारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ ‘कुनैपनि निजामती कर्मचारीको कार्य भनेको नियम कानूनको पालना गर्दै जनसेवामा तल्लिन रहि आफ्नो तोकिएको जिम्मेवारी निष्पक्ष र भयरहित वातावरणमा कार्य सम्पन्न गर्नु हो, तथापी गोरखा नगरपालिकामा भइरहेको एक इमान्दार कर्मचारीको चरित्र हत्या गरी मनोवल गिराउने, राजिनामा दिन बाध्य बनाउने र आफ्नो ब्यक्तिगत स्वार्थ अनुकुल कार्य गराउन गरिएका हर्कतहरुले सम्पूर्ण निजामती कर्मचारीमाथी प्रहार भएको अनुभुती भएको छ । यो कुनै हालतमा सहीय छैन ।’
त्यस्तै युनियनले घटनाको निष्पक्ष रुपमा छानविन गरी दोषीमाथी कारबाही गर्न समेत माग गरेको छ ।
घटनालाई लिएर केहि दिन यता नगर कार्यपालिका सदस्यहरु समेत विभाजित भई आरोप प्रत्यारोपमा उत्रिएका छन् ।