• आइतबार, साउन १० २०८३

सबैसंग सहकार्य गरेर नेपालकाे स्वास्थ्य प्रणाली सुधार्छु : स्वास्थ्य मन्त्री बस्नेत


बिहिबार, बैशाख २८ २०८०
715
Shares

काठमाडौं । स्वास्थ्य प्रणाली सुधार्न स्वास्थ्य सञ्चार माध्यमकाे भूमिका महत्वपूर्ण रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले बताएका छन् ।

बुधबार स्वास्थ्य क्षेत्रमा कलम चलाउँदै आएका सञ्चारकर्मीहरुसंगकाे साक्षात्कार कार्यक्रममा मन्त्री बस्नेतले देशको स्वास्थ्य प्रणाली सुधार्न आफुलाई स्वास्थ्य पत्रकारहरुको सहयोग र सहकार्य आवश्यक रहेको बताएका हुन् ।

‘स्वास्थ्य क्षेत्र सुधार्ने औषधि म सँग छ । त्यसमा स्वास्थ्य पत्रकार साथीहरुको सहयोग चाहिन्छ’ उनले भने ।

वर्तमान अवस्थामा देशको स्वास्थ्य अवस्था सुधार्न अवलम्बन गर्नु पर्ने सुभाव दिन समेत पत्रकारलाई मन्त्री बस्नेतले अनुराेध गरे मागेका थिए । स्वास्थ्य बिमा, बजेट, कर्मचारी सरुवा, चिकित्सकको सेवा शुल्क, आयुर्वेद, सूचना संयन्त्र लगायतका बिषयकाे सुधारमा केन्द्रित रहेर काम गर्ने उनले प्रतिवद्धता जनाए ।

लामो समय स्वास्थ्य र शिक्षाको क्षेत्रमा काम गर्दै राजनीति गरेको स्मरण गराउदै बस्नेतले स्वास्थ्य सेवा सुधार गर्न सक्छु भन्ने लागेर नै आफु स्वास्थ्य मन्त्री भएको उनले दावी गरे ।

उपचार शुल्क तिर्न नसकेर मृत्यबरण गर्नु पर्ने अवस्थाको अन्त्य गर्नका लागि सूर्तिजन्य पदार्थका कर बढाएर भए पनि बिपन्नको उपचार गर्ने फण्ड खडा गर्न लागिएको मन्त्री बस्नेतले जानकारी दिए ।

उनले भने, ‘ विपन्न विरामीका लागि त्यो फन्ड वीर अस्पताल जस्ता अस्पताललाई दिएर सबैको उपचार हुने वातावरण मिलाइने छ ।’

चिकित्सकहरुले विरामी जाचे बाफत लिने शुल्क जेठ १ गतेदेखि बढाउन लागिएकोमा मन्त्री बस्नेतले सरोकारवालाहरुसँग बसेर यस बिषयमा मन्त्रालयले सहजिकरण गरेर विरामीलाई मर्का नपर्ने गरि निर्णय गरिने जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार