• शनिबार, साउन ९ २०८३

बालबालिकाको शिक्षामा पहुँच अभिवृद्धिका लागि संचालन भएको परियोजना सकियो


बुधबार, बैशाख २७ २०८०
775
Shares

गोरखा । बालबालिकाको शिक्षामा पहुँच अभिवृद्धिका लागि सञ्चालित परियोजना समापन भएको छ । कल्स ओवर रिजेज नेपालको आयोजनामा ३ महिने परियोजना एक औपचारिक कार्यक्रम बिच समापन गरिएको हो ।

बिद्यार्थीहरुको आवश्यकता पहिचान गरि बिद्यार्थीहरुमा अग्रेंजी भाषालाई सञ्चारको माध्यममा बिकास गर्ने, कम्प्युटरलाई शैक्षिक उपकरणको रुपमा प्रयोग गर्ने साथै बिद्यार्थीहरुमा ब्यबहारिक क्षमताको वृद्धि गर्ने उदेश्यका साथ उक्त कार्यक्रम गरीएको रिजेज नेपालका परियोजना ब्यबस्थापक राजेश श्रेष्ठले जानकारी दिए ।

गोरखा नगरपालिका वडा नं ६ पाटेचौर स्थित शक्ति माध्यमिक विद्यालयको कक्षा ६ र ७ मा अध्ययनरत २५ जना बिद्यार्थीलाई ३ महिने परियोजना दिइएका उनले बताए ।

परियोजनामा सहभागी २ जना बिद्यार्थीले नेपाली र अग्रेंजी भाषामा परियोजनाका प्रशिक्षक छिरिब सँग आफ्नो अनुभव तथा सिकाई आदानप्रदान गरेका थिए ।

संस्थापक अध्यक्ष एबं प्रमुख कार्यकारी निर्देशक साङ डोमा शेर्पाको अध्यक्षता तथा गोरखा नगरपालिका शिक्षा शाखा प्रमुख चन्द्र बहादुर खड्काको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा रिजेज नेपालका परियोजना नेतृत्व मिबमार शेर्पा, शक्ति माबि का प्रधानाध्यापक बद्री अर्यालले मन्तव्य सहितको आफ्नो भनाई राखेका थिए ।

उक्त परियोजना सञ्चालनको अवधिभर प्रशिक्षक र खानाखाजा खुवाउने सहजकर्ता लाई सम्मान पत्र द्धारा सम्मानित समेत गरीएको थियो ।

कार्यक्रममा कल्स ओवर रिजेज नेपालको दातृ संस्थाका सह–संस्थापक रिकाश लिन, यामिली छाइ, शक्ति माबि का प्रधानाध्यापक बद्री अर्याल, कल्स ओवर रिजेज नेपालका शिक्षक प्रशिक्षक तथा सल्लाहकार लक्ष्मण बाबु आर्चाय, कृष्ण प्रसाद पराजुली, अभिभावक, बिद्यार्थी लगायत बिभिन्न संघ–संस्थाका प्रमुख एबं प्रतिनिधिको सहभागीता रहेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार