• मंगलबार, असोज १३ २०८३

काेराेनाबाट थप एक जनाकाे मृत्यु, मृतककाे संख्या ४ र संक्रमित ६७५ पुगे


सोमबार, जेष्ठ १२ २०७७
800
Shares

पर्साको वीरगन्जस्थित नेसनल मेडिकल कलेजमा जेठ ४ मा मृत्यु भएका १ वृद्धमा कोरोना संक्रमण पुष्टि भएको छ । त्यससँगै नेपालमा कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या चार पुगेको छ ।

नारायणी अस्पतालका सुपरिटेन्डेन्ट मदनकुमार उपाध्यायले ती वृद्धको स्वाब जाँच्दा कोरोना पोजेटिभ आएको जानकारी सोमबार दिएका छन् ।

मृतक वृद्धको एक हप्ताअघि नै परिवारले अन्तिम संस्कार गरिसकेका छन् ।

त्यस्तै आज (सोमबार) बिहान थप ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

योसँगै देशभर कोरोना संक्रमितको संख्या ६७५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।


फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार