• शनिबार, साउन ९ २०८३

संसद भवनमा राजेन्द्र बजगाईं र स्वर्णिम वाग्लेकाे जुहारी


बुधबार, बैशाख २७ २०८०
965
Shares

काठमाडौं । आफुले लेखिदिएकाे चुनावी घाेषणापत्र अनुसार अघि बढ्न सांसद डा. स्वर्णिम वाग्लेले नेपाली काँग्रेसलाई सुझाएपछि काँग्रेसका सांसद राजेन्द्र बजगाईंले संसदबाटै जवाफ फर्काएका छन् ।

सोमबार प्रतिनिधिसभाको बैठकमा प्रि बजेट छलफलमा भाग लिँदै रास्वपाका सांसद वाग्लेले कांग्रेसको घोषणापत्र आफुले लेखिदिएकाे बताएउदै कार्यान्वयनका लागि सुझाव दिएका थिए। जसकाे जवाफ मंगलबारकाे संसद बैठकबाट कांग्रेस सांसद बजगाईले डा वाग्लेलाई दिए ।

संसदमा बजगाईँले भनेका छन्, ‘म यहाँ (डा.वाग्ले)लाई स्मरण गराउन चाहन्छु – मोटिभेसनल फी भनेको हामीले नियुक्तिहरु प्रदान ग¥यौं । त्यसमा ख्याल गर्नुहोला । तपाईं पनि यो सदनमा प्रवेश गरिरहनुभएको छ । मर्यादा कायम गर्नुहोला ।’

सोमबारको बैठकमा स्वर्णिम वाग्लेले ‘नेपाली कांग्रेसको घोषणापत्र पढ्नुभएको होला हाम्रा अर्थमन्त्रीज्युले । मैले पनि पढेको छु । धेरबहुत मैले पनि लेखिदिएकै हो । आफ्नै घोषणापत्र पढेर त्यसलाई पनि उतार्नुहोला ।’ भनेका थिए ।

सांसदद्धय बजगाई र डा वाग्ले गोरखा क्षेत्र नम्बर १ मा स्थायी बासिन्दा हुन् ।

बजगाई साेही क्षेत्रबाट निर्वाचित भएका थिए भने डा वाग्ले काँग्रेस परित्याग गरेर बैशाख १० मा भएका भएकाे उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट तनहुँ १ मा निर्वाचित भएका हुन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार