गोरखा । ‘विद्या हराए काशी जानु न्याय नपाए गोरखा जानु’, भन्ने युक्ति कुनै बेला निकै चर्चित थियो । तत्कालिन राजा राम शाहले गोरखा राज्यमा थितिबन्देज गरि कानूनी राज्य स्थापना गरेका थिए । त्यही ऐतिहासिक भूमी बसेर मंगलबार न्यायालय, कानून निकाय, अर्ध कानूनी निकाय र सरोकारवालाहरुले ७१ औं कानुन दिवस मनाएका छन् ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि गण्डकी प्रदेशका सभामुख कृष्णप्रसाद धितालले न्यायको क्षेत्र फराकिलो बनाउनु पर्नेमा जोड दिए । ‘न्याय प्रणाली खुल्ला बनाऔं, सबै पालिकामा रामशाह चौतारा बनाउन पहल गरौं,’ उनले भने,‘न्यायको क्षेत्र फराकिलो बनाऔ, सबै जनतालाई न्यायको प्रत्याभूति गराऔं ।’
प्रतिनिधि सभा, राष्ट्रिय सभा र प्रदेश सभाको काम कानून बनाउने भएकाले सयानुकुल आवश्यक कानून निर्माणका लागि सरोकारवाला निकायले पनि सहयोग गर्नु पर्ने उनको भनाई छ । जनताको हितमा आवश्यक ऐन कानून निर्माण र पुराना कानूनहरुको पुनरावलोकनका लागि आफूले सन्वयकारी भूमिका खेल्ने उनले प्रतिवद्धता जनाएका छन् ।

कार्यक्रमका विशेष अतिथि उच्च अदालत पोखराका मुख्य न्यायाधीश डिल्लीराज आचार्य विधायिकाले राम्रो कानून निर्माण गरेमा कसैले पनि अन्याय महशुस गर्ने अबस्था नआउने दाबी गरेका छन् ।
‘हामीले दिने न्याय, प्रमाणमा आधारित हो,’ उनले भने, ‘कानुन बनाउने विधायिकाको काम हो उहाँहरूले गल्ती गर्नु भयो अदालतले कसरी न्याय दिन सक्छ रु’ न्यायलयमा बस्ने ब्यक्ति अबुझ र भष्ट्र र अबिबेकी भयो भने न्याय मर्ने उनको तर्क छ । ‘कानुन सधै जागा हुन्छ । कानुन कहिले मर्दैन्’ उनले भने,‘कानुन जागा भएको बेला राजनीति हस्तक्षेप नगर्नुस्, कानुनले कसैलाई अन्याय गर्दैनौं ।’
कार्यक्रमका अतिथि गण्डकी प्रदेश सभा सदस्य फणीन्द्र देवकोटाले संसदले ठीक कानुन बनायो की बनाएन भनेर समिक्षा हुनु पर्नेमा जोड दिए । ‘हामी रूल अफका विद्यार्थी हौं कानुन सबैकालागि बराबर छ,’ उनले भने,‘न्याय दिने होईन पाउने अबस्था हुनुपर्छ ।’
अहिले सम्म निर्माण भएका कानूनको समिक्षा गर्दै नयाँ कानून निर्माणका लागि आवश्यक छलफल हुनु पर्ने उनको भनाई छ । जिल्ला समन्वय समितिका प्रमुख मोहनबहादुर थापा न्याय क्षेत्रको सुधार हुन पर्ने बताए । तर मात्र जनताले न्यायको प्रतिभूति गर्ने उनको भनाई ।
‘हाम्रो न्याय प्रणाली महंगो र सुस्त छ । छिटोछरितो बनोस् मेरो शुभकामना छ,’ उनले भने । गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर रानाले रामशाह चौतारोमा बसेर सिंगै देशले थाहा पाउने गरि प्रतिबद्धता जनाउन पाएकोमा खुसी व्यक्त गरे । सत्य निरुपण तथा मेलमिलाप सम्बन्धी कानूनी निर्माण हुनु पर्ने बताए ।
प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुषालले बिधिको शाषन लागु गर्न आफू प्रतिवद्ध रहेको बताए । कार्यक्रममा गोरखा संग्रहालयका प्रमुख नवराज अधिकारी र वारयशोसियनका जिल्ला अध्यक्ष यादब शर्माले तत्कालिन राजा राम शाहले गरेका काम र कानून दिवशको औचित्य माथि प्रकाश पारेका थिए ।
जिल्ला न्यायधिस तेजेन्द्रप्रसाद शर्माको अध्यक्षतामा भएको कार्यक्रममा गोरखा नगरपालिकाकी उपप्रमुख मसलीमायाँ थोकर (सपना पुन)ले कानून दिवश मनाउनुको कारण र स्थानीय तहले न्याय सम्पादनमा पु¥याएको योगदान बारे चर्चा गरेकी थिइन ।
जिल्ला अदालत गोरखाको आयोजना तथा गोरखा नगरपालिकको सहआयोजनामा भएको कार्यक्रममा गोरखा अदालत, सरकारी वकिलको कार्यालय, जिल्लामा कार्यरत कानून व्यवसायी, विभिन्न स्थानीय तहका उपप्रमुख एवं न्यायिक समितिका सदस्यहरु, कर्मचारी, नागरिक समाज, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।