सरकारले वैदेशिक रोजगारीमा जानेहरूले फर्किँदा दुई वटा माेबाइल ल्याउन पाउने निर्णय गरेकाे छ ।
आज मङ्गलवार बसेकाे मन्त्रिपरिषद् बैठकले वैदेशिक राेजगारमा जानेहरूले पहिला पाइरहेको सुविधाबाहेकको थप एक मोबाइल ल्याउन पाउने निर्णय गरेको सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।