• शुक्रबार, साउन ८ २०८३

के कारणले जान्छ विदेशमा नेपाली श्रमिकको ज्यान ?


मंगलबार, बैशाख २६ २०८०
2.4K
Shares

काठमाडौँ । पछिल्लो समय नेपालबाट वैदेशिक रोजगारीमा जाने श्रमिकको संख्या मात्रै बढेको छैन । त्याहा पुगेपछि बिभिन्न कारणले मृत्यु हुनेको संख्या समेत बढ्न थालेको एक तथ्यांकले देखिएको छ ।

स्वास्थ्य परीक्षण गराएर स्वस्थ ठहरिएपछि वैदेशिक रोजगारीमा गएका नेपालीहरूको ज्यान जानुमा कुनै घातक रोगको कारणभन्दा पनि काम गर्ने वातावरण र व्यवसायजन्य सुरक्षा कमजोर हुनु मुख्य कारण भएको राष्ट्रिय मानवअधिकार आयोगले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ ।

आयोगले सार्वजनिक गरेको ‘नेपाली श्रमिकहरूको मानव अधिकार अवस्था प्रतिवेदन २०७९’ ले स्वास्थ्य परीक्षण गरेर स्वस्थ ठहरिएका नेपालीहरूको गन्तव्य देशमा मृत्यु हुने क्रम बढ्नुमा विदेशमा बस्ने वासस्थान, खानपान, व्यवसायजन्य सुरक्षा र काम गर्ने क्रममा अपनाइने सुरक्षाका उपायहरु कमजोर भएको ठहर गरेको छ ।

नेपालबाट वैदेशिक रोजगारीमा जाने क्रममा श्रमिकले अनिवार्य स्वास्थ्य परीक्षण गर्नुपर्छ । स्वास्थ्य परीक्षणमा पास भएका स्वास्थ्य व्यक्तिहरूले मात्र वैदेशिक रोजगारीको यात्रा गर्न पाउँछन् ।

तर पछिल्लो समय रोजगारीको क्रममा ज्यान गुमाउने नेपालीहरूको सङ्ख्या बढ्दो छ । वैदेशिक रोजगार बोर्डले आर्थिक वर्ष २०६५÷२०६६ देखि २०७७÷२०७८ सम्ममा मात्रै ९ हजार तीन ३६८ जनाको ज्यान गएको छ ।

जसमध्ये ९ हजार १४८ जना पुरुष र २१५ जना महिला रहेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार