• मंगलबार, असोज १३ २०८३

एकै पटक भेटियाे ७२ जनामा कोरोना, संक्रमितकाे संख्या ६७५ पुग्याे


सोमबार, जेष्ठ १२ २०७७
930
Shares

आज (सोमबार) बिहान थप ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

योसँगै देशभर कोरोना संक्रमितको संख्या ६७५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

सोमबार पुष्टि भएका संक्रमित धनुषाको नगराइन, कामाडौंको टोखा र बुढानिलकण्ठ, बाराको कलैया, रौतहटको राजपसर फरहदवा र इशानाथ, सप्तरीको डाक्नेश्वरी, बर्दियाको वासगढी, बाँकेको दुधवा र साप्ती सोनारी, बाराको गढिमाई, दैलेखको नारायण ढुंगेश्वर, र गुराँस गाउँपालिकाका रहेको मन्त्रालयले जनाएको छ।

संक्रमित ७२ मध्ये दैलेखकी एक महिलाबाहेक सबै पुरुष हुन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार