• शनिबार, साउन ९ २०८३

११ महिनादेखि तलब नपाएपछि शिक्षकको विद्यालयमा अनिश्चितकालीन धर्ना


मंगलबार, बैशाख २६ २०८०
1.5K
Shares

 धनुषाको बटेश्वर गाउँपालिका-४ स्थित शिवशक्ति माध्यमिक नमूना विद्यालयका अनुदान र निजी स्रोतका शिक्षक-कर्मचारी आन्दोलित भएका छन् ।

आर्थिक वर्ष २०७८/०७९ देखि हालसम्मका तलब नपाएको भन्दै शिक्षक-कर्मचारीहरू आन्दोलनमा उत्रेका हुन् ।

पठनपाठन ठप्प गर्दै शिक्षक र कर्मचारीहरु विद्यालयमै वैशाख २४ गतेदेखि अनिश्चितकालीन धर्ना बसेका छन् ।

यसअघि पहिलो चरणमा उनीहरुले वैशाख १९ देखि २१ गतेसम्म हातमा कालोपट्टी बाँधेर पठनपाठन गराएका थिए ।  शिक्षकहरुको आन्दोलनले पठनपाठन प्रभावित भएको छ ।

उनिहरुले विगत ११ महिनादेखि तलब पाउन सकेका छैनन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार