• शनिबार, साउन ९ २०८३

ट्रेड युनियन गोरखाको अध्यक्षमा थापा


सोमबार, बैशाख २५ २०८०
905
Shares

गोरखा। ट्रेड युनियन काँग्रेस गोरखाको अध्यक्षमा शिवबहादुर थापा सर्वसम्मत चयन भएका छन् । शनिवार भएको ट्रेड युनियनको सातौँ अधिबेशनबाट उनलाई अध्यक्षमा चयन गरेको हो ।

उपाध्यक्षहरुमा खुल्लामा कृष्ण बहादुर खनाल, उत्पादन क्षेत्र तर्फ रामेश्वर पोखरेल, सेवा तर्फ कोपिला भटराई, महिला तर्फ अमला अधिकारी रहेका छन् । यस्तै सचिवमा सैलेन्द्र भट्ट, सहसचिबमा गोकुल भट्ट कोषाध्यक्षमा पुरुषोत्तम अर्याल चयन भएका छन् ।

सदस्यहरु भने कार्यसमितिले मनोनयन गर्ने युनियनले जनाएको छ । महाधिवेशन प्रतिनिधिमा मोहन बहादुर सापकोटा र सरद श्रेष्ठ र प्रदेश अधिबेशन प्रतिनिधिमा कृष्णराज पन्त, हिरामाया रेग्मी, राजकुमारी थापा भण्डारी, गीता राना र बेधप्रशाद अधिकारी चयन भएका छन् ।

नेपाल टूेड युनियन काँग्रेस गोरखाको अध्यक्ष सरद श्रेष्ठको अध्यक्षतामा तथा नेपाल टूेड युनियन केन्द्रिय उपाध्यक्ष अजय राईको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सभापति नन्दप्रसाद न्यौपाने, ट्रेड युनियनका काँग्रेसका केन्द्रिय सदस्य डोलदेब तामाङ, नेपाल शिक्षक संघको प्रदेश अध्यक्ष सगुन ढकाल, नेपाली काँग्रेसका जिल्ला सहसचिब लोमनाथ लामिछाने, नेपाल शिक्षक सघं जिल्ला अध्यक्ष लक्ष्मण बाबु अर्याल, केन्द्रिय प्रतिनिधि मोहन प्रसाद पुडासैनी लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार