गोरखा। जिल्लामा कक्षा १२ को वार्षिक परीक्षाको तयारी अन्तिम चरणमा पुगेको छ । यही वैशाख २६ गतेदेखि सञ्चालन हुन लागेको परीक्षाका लागि ११ वटा केन्द्र तोकिएको शिक्षा समन्वय समिति गोरखाले जनाएको छ ।
जिल्लामा यो वर्ष दुई हजार ८ सय १७ जना विद्यार्र्थी कक्षा १२ जनाले परीक्षा दिन लागेको शिक्षा समन्वय समिति गोरखाका प्रमुख सुवास आचार्यले जानकारी दिए । केन्द्र तोक्ने काम पुरा भए सँगै परीक्षा तयारी अन्तिम चरणमा पुगेका आचार्यले बताए ।
जसमा ११ परीक्षा केन्द्र मध्य दुल्लब माद्यमिक विद्यालयबाट ३३० जना, भिमोदय मा.वि आरुघाटबाट २ सय ३८ जना, भगवति मा.वि ठाँटीपोखरीबाट लम्जुङका ११० जनासहित ३ सय २५ जनाले परीक्षा दिने गरी केन्द्र तोकिएको उनले बताए ।
यस्तै अमर ज्योति मावि लुईटेलमा २ सय १९ जना, परोपकार आर्दश माविमा २ सय ५३ जना, शक्ति मावि पाटेचौरमा २ सय ५८ जना, महालक्ष्मी मावि लक्ष्मिबजारमा ११९ जना परीक्षामा सहभागी हुने जिल्ला शिक्षा समन्वय समिति गोरखाले जानकारी दिएको छ ।
यसैगरी महेन्द्र ज्योति मा.वि दरबारमार्गमा २ सय ४३ जना, सरस्वती मा.वि आहालेमा २ सय ६७ जना, महेन्द्र मा.वि कुन्दुरटारमा आँवुखैरेनीका २ सय ६४ सहित ३४५ जना विद्यार्थीले परीक्षा दिने उनले जानकारी दिए ।
यसअघि ३ वा सो भन्दा बढी विषयमा नन ग्रेडेड अर्थात एनजी ल्याएका विद्यार्थीले यो वर्ष पुरै विषयको परीक्षा दिनुपर्ने भन्ने थियो । तर,शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले लेटर ग्रेडिङ संशोधन गरेको थियो ।
त्योसँगै परीक्षाका लागि ६ वटै विषयको फाराम भरेपनि जति विषयमा एनजी आएको छ त्यत्तिकै विषयको मात्र परीक्षा दिनुपर्ने भएको हो ।
राष्ट्रिय परीक्षा बोर्डको प्रस्तावमा मन्त्री स्तरीयबाट लेटर ग्रेडिङ निर्देशिका, २०७८ लाई संशोधन गर्ने निर्णय गरेको थियो । ‘दुई विषयभन्दा बढी जतिसुकै विषयमा नन ग्रेडेड प्राप्त गरेका छन् ।
ती विषयको मात्र ग्रेड वृद्धिको परीक्षा दिनु पर्नेछ । यसअघि ६ वटै विषयमा फाराम भरेपनि जति विषयमा एनजी आएको छ त्यक्तिकै परीक्षा दिनुपर्छ ।’ शिक्षा समन्वय प्रमुख आचार्यले भने । परीक्षाको अहिले विद्यार्थीहरु केन्द्रमा पुग्ने प्रवेश पत्र लिने लगायतका काम सुरु भएको छ ।