गोरखा । सरकारले २०७९ चैत १६ गते गरेको निर्णयबमोजिम पालिकाबाट श्रम स्वीकृति दिने व्यवस्थालाई गोरखाको पालुङटार नगरपालिकाले कार्यान्वयनमा ल्याएको छ ।
वैदेशिक रोजगारीलाई थप व्यवस्थित, सुरक्षित, मर्यादित, भरपर्दोे तथा सहज बनाउन वैदेशिक रोजगारीमा जानेहरूका लागि व्यक्तिगत श्रम स्वीकृति र पुनः श्रम स्वीकृतिका लागि आवेदन पालिकाको रोजगार सेवा केन्द्रबाट पाउने व्यवस्था गरिएको छ । यसका लागि अब काठमाण्डौ धाउनुपर्ने झन्झटको अन्त्य भएको छ ।
श्रम स्वीकृति लिने पहिलो सेवाग्राही पालुङटार नगरपालिकाका स्थानीय मुस्ताव मियाँ बनेका छन् ।
“यसअघि काठमाण्डौ गएर श्रमसम्बन्धी स्वीकृति लिनुपर्दा झन्झट हुन्थ्यो, लागत पनि बढी पर्थ्यो । अब हाम्रै पालिकाबाट सेवा सुरु भएपछि सहज भएको छ ।” मियाँले भने ‘गाउँमै शिंहदरबार आएको महसुस बल्ल भयो’
मियाँलाई नगर प्रमुख बिबस चिन्तन र उप प्रमुख बन्दना पाण्डेले श्रम स्विकृतीको पत्र हस्तान्तरण गरेका थिए।
वैदेशिक रोजगार ऐन, २०६४ तथा वैदेशिक रोजगार नियमावली, २०६४ मा भएको व्यवस्थाअनुसार वैदेशिक रोजगारीमा जाने हरेक नागरिकले अनिवार्य श्रम स्वीकृति लिनुपर्ने व्यवस्था छ ।