• शनिबार, साउन ९ २०८३

भरतपुर अस्पतालको आईसीयूमा एक व्यक्तिको मृत्यु


सोमबार, जेष्ठ १२ २०७७
1.5K
Shares

चितवन । चितवनको भरतपुर अस्पतालको आईसियूमा उपचाररत एक व्यक्तिको सोमबार बिहान मृत्यु भएको छ।

लुम्बिनी अञ्चल अस्पतालबाट रेफर गरिएका नवलपरासी रामग्राम-५ का ४८ वर्षिय पुरुष ती पुरुषको सोमबार बिहान ३ बजेतिर आईसीयूमै मृत्यु भएको हो।

दुई दिनदेखि गम्भीर बिरामी परेका ती पुरुषमा छाती दुख्ने, वान्ता हुने तथा श्वाप्रश्वासको समस्या थियो।

मृत्यु भएका साे ब्यक्तीकाे काेराेना परिक्षणका लागि श्वाव संकलन गरी पठाइएकाे र रिपाेर्ट आउन बाँकी रहेकाे अस्पतालले जनाएकाे छ । उनकाे दाहसंस्कार रिपाेर्ट आएपछि मात्रै गरीने बताइएकाे छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार