काठमाण्डौ । पछिल्लाे समय नेपालबाट वैदेशिक राेजगारीमा जाने श्रमिककाे संख्या मात्रै बढेकाे छैन । त्याहा पुगेपछि बिभिन्न कारणले जेल पर्नेकाे संख्या समेत बढ्न थालेकाे छ ।
नेपालीहरूको मुख्य श्रम गन्तव्यका रुपमा रहेका खाडी मुलुक, मलेसिया, जापान लगायतका देशममा विभिन्न किसिमका फौजदारी अभियोगमा नेपालीहरुकाे दिनप्रतिदिन जेलमा पर्नेकाे संख्या बढ्न थालेकाे राष्ट्रिय मानव अधिकार आयोगकाे एक तथ्यांकले देखाएकाे छ ।
‘नेपाली श्रमिकहरूको मानव अधिकार अवस्था प्रतिवेदन २०७९’ ले सन् २०१६ मा आठ सय मात्र नेपाली विदेशका जेलमा रहेकोमा सन् २०२१ मा यो सङ्ख्या बढेर १ हजार ३० जना पुगेको देखाएको छ ।
सन् २०२१ मा सबैभन्दा धेरै यूएईमा श्रमिकहरू जेलमा रहेका यो प्रतिवेदनले देखाएको छ । प्रतिवेदन अनुसार त्यस बेला यूएईमा २६० जना, मलेसियामा २२३ जना, कुवेतमा १६८ जना, साउदी अरेबियामा १५३ जना र हङ्कङमा ८८ जना जेलमा रहेका थिए ।
आयोगले विभिन्न देशमा रहेका २७ वटा नेपाली दूतावासहरूसँग लिएको तथ्याङ्कले एक हजार ३० जना नेपाली विदेशका जेलमा रहेको देखाएको थियो ।