नेपाल जेसिज अन्तरगत वर्ष २०२३ का महासचिवहरुको भेला गोरखामा सम्पन्न भएको छ ।
शनिवार सम्पन्न भेलाले जेसिजका गतिविधिहरु थप प्रभावकारी बनाउँदै लैजाने निर्णय गरेको छ ।
दुई दिनसम्म चलेको भेलामा महासचिवको काम र कर्तव्य बारे छलफल भएको जेसिज गोरखाका महासचिव संगमबाबु श्रेष्ठले बताए ।