दाेहा। राष्ट्रिय स्वतन्त्र पार्टीले कतारमा प्रवास नेपाली सम्पर्क बिभाग गठन गरेकाे छ । कतारकाे दाेहामा सम्पन्न राष्ट्रिय स्वतन्त्र पार्टी निकट नेपालीहरुकाे भेलाबाट प्रवास नेपाली सम्पर्क बिभाग गठन गरिएकाे हाे ।
भेलाले अब्दुल करिम मियाँको नेतृत्व कतारकाे केन्द्रिय प्रवास नेपाली सम्पर्क बिभाग चयन गरेकाे छ । २१ सदस्यीय तदर्थ समितीकाे सभापतीमा मियाँ स्वसम्मत चयन भएका हुन् । त्यस्तै उप-सभापती नियम भुजेल, महामन्त्री विजयराज अधिकारी,सह-महामन्त्री अकबल मियाँ, कोषाध्यक्ष रोशन गिरी, सह-कोषाध्यक्ष सुजन ढकाल रहेका छन् ।
त्यसैगरी अन्य सदस्यहरुमा- कमल मानन्धर, सन्जिब कटुवाल, मेम मणि देबकोटा (अनमोल), रुपेन्द्र ओली, गणेश थापा, संजय पन्थी, सुनिल परिवार, भूमिराज दाहाल, आशिक अली मन्सुर, कल्याण खड्का, भोजराज श्रेष्ठ, शंकर पौडेल, ज्ञान बहादुर नेपाली, सुनिल चौधरी, सन्जिब बिश्वकर्मा लगायत रहेका छन।
यसैक्रममा समितिलाई सहि ढंगबाट गतिशीलता दिनको लागि विभिन्न उपबिभाग र जिम्मेवारी समेत प्रदान गरिएको छ। जसमा सांगठनिक बिभागमा गोपाल न्यौपाने, श्याम पाण्डे र रेनुका कार्की (जुनु), लेखासमिती बिभागमा शम्भु प्रसाद मरासिनी, आर्थिक समिती बिभागमा रोशन गिरी, कानुन तथा अनुशासन बिभागमा सुदर्शन भण्डारी, स्वास्थ तथा खेलकुद बिभागमा दिपेन्द्र बिक्रम राणा र कमल मानन्धर, सूचना तथा प्रचार-प्रसार बिभागमा प्रकाश अर्याल र सन्जिब कटुवाल, महिला बिभागमा रेनुका कार्की (जुनु), श्रमिक बिभागमा लिलम चिदी मगर, युवा सम्योजकमा दिल भट्टराई, प्रमुख सचेतकमा अख्तर हुसैन र प्रबक्तामा गोपाल न्यौपाने रहेका छन्।