सिड्नी । गोरखा समाज अष्ट्रेलियाको अध्यक्षमा आनन्द श्रेष्ठ चयन भएका छन् । शनिबार अष्ट्रेलियाको सिड्नीमा सम्पन्न समाजको चौथो बार्षिक साधारण सभाबाट श्रेष्ठ अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।
समाजका अध्यक्ष प्रकाश बस्ताकोटीको अध्यक्षतामा सम्पन्न भएको सभाबाट उपाध्यक्षमा योगेन्द्र जोशी, महासचिवमा इश्वर दाहाल, सचिवमा ऋतु श्रेष्ठ, कोषाध्यक्षमा राजु पोखरेल र सहकोषाध्यक्षमा संजिव अम्गाई चयन भएको निर्वाचन समितिका डिल्ली ढकालले सिभिलखबरलाई जानकारी दिए ।
त्यस्तै समाजको कार्यसमिति सदस्यमा दिनेश श्रेष्ठ, रञ्जन देवकोटा, सुजन श्रेष्ठ, गणेश भट्ट, प्रेम खड्का, अञ्जन श्रेष्ठ चयन भएका छन् ।
यसैगरी सविता देवकोटा डल्लाकोटी, रेखा भट्ट, सुरज श्रेष्ठ, संजिव सिंखडा, दिपेन्द्र भट्ट, रेश्मा ढकाल, समिप पोखरेल र सुमित्रा मगराती समेत कार्यसमिति सदस्यमा चयन भएको बताइएको छ ।
सभाले कृष्ण भट्टलाई समाजको प्रवक्ताका रुपमा चयन गरेको छ ।
गोरखा घर भई अध्ययन, रोजगारी, ब्यवसाय लगायत सिलिसिलामा अष्ट्रेलियामा बसोबास गर्ने गोर्खालीहरुको साझा संस्थाका रुपमा रहेको यस समाजले नयाँ बर्ष २०८० को भित्तेपात्रो समेत सार्वजनिक गरेको जनाएको छ ।
भित्रेपत्रोमा गोरखाका बिभिन्न धार्मिक तथा पर्यटकिय स्थलहरुको तस्विर समेत समावेश गरिएको सदस्य अञ्जन श्रेष्ठले बताए । जसले जिल्लाको रमणिय स्थलहरुको प्रचारप्रसार तथा पर्यटन क्षेत्रमा समेत टेवा पुग्ने विश्वास समाजको छ ।
समाजले कोभिड १९ को संग्रमणकालिन अवस्था लगायत बिभिन्न समयमा जिल्लाका बिबिध क्षेत्रमा सहयोग गर्दै आएको छ । सामाजिक कार्यमा कृयाशिल समाजले आगामी दिनमा समेत गोरखा लगायत देशभर आवस्यकता अनुसार सहयोग, सहकार्य, समन्वयलाई प्राथमिकता दिने योजना समेत बनाएको बताइएको छ ।
कार्यक्रममा समाजका सल्लाहकार डिल्ली ढकाल, त्रिलोचन पोखरेल, उमेश पन्त लगायतले सम्बोधन गरेका थिए । कार्यक्रममा अष्ट्रेलियामा बिभिन्न क्षेत्रमा कृयाशिल गोर्खालीहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।