• आइतबार, साउन १० २०८३

गोरखा अस्पतालमा नौ दिनदेखि बेवारिसे वृद्धा


शनिबार, बैशाख २३ २०८०
680
Shares

गोरखा अस्पतालमा एक बेवारिसे वृद्धा विगत नौ दिनदेखि उपचाररत छिन् । खुट्टा भाँचिएर उपचार गराउन आएकी उनको रेखदेख गर्ने कोही नभएको अस्पतालले जनाएको छ ।

गोरखा अस्पतालमा उपचाररत ७० बर्षिया उर्मिला सिलाल(खत्री)को आफन्त पहिचान नहुँदा रेखदेखमा समस्या भएको छ । ललितपुर लेले घर बताउने उनको अस्पतालले निशुल्क उपचार गरिरहेको छ । अस्पतालका सूचना अधिकारी कृष्ण ढकालका अनुसार खत्रीको वायाँ तिघ्राको हाडको माथिल्लो भाग भाँचिएको छ । अस्पतालले प्लाष्टर र ट्रयाक्शन लगाएर उपचार गरेपनि थप शल्यक्रिया गर्नुपर्ने आवश्यक रहेको उनले जानकारी दिए ।

‘अस्पतालमा कसले ल्याएर छाडिदिएछ, हामीले देखेपछि उपचार सुरु ग¥यौ,’ उनले भने, ‘उहाँको अर्काे अप्रेशन पनि गर्नुपर्छ, तर यहाँ सम्भव छैन ।’ आफन्तसँग भेट गराउन प्रयास भइरहेको उनले बताए । आफन्त पहिचानमा सहयोग गरिदिन उनले आग्रह समेत गरेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार