• आइतबार, साउन १० २०८३

देशभरका अस्पतालहरुको अनुगमन गर्न बन्यो छुट्टै उच्चस्तरीय समिति


शुक्रबार, बैशाख २२ २०८०
805
Shares

काठमाडौं । देशभरका अस्पतालहरुको अनुगमन गर्न स्वास्थ्य मन्त्रालयले छुट्टै समिति बनाएको छ । नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले तीनै तहका सरकारबाट सञ्चालनमा रहेका देशभरमा अस्पतालहरुको अनुगमन गर्न उच्चस्तरीय समिति गठन गरेका हुन् ।

अस्पतालहरुको सेवा प्रवाहलाई ब्यवस्थित र मर्यादित बनाउन भन्दै मन्त्री बस्नेतले पदभार ग्रहण गरेकै दिन अनुगमनका लागि उच्चस्तरीय समिति बनाएका हुन् ।

समितिले संघ, प्रदेश र स्थानीय तहहरुमा रहेका अस्पतालहरुको उपचारात्मक सेवा र उपलब्ध साधन स्रोतको उपभोग भए नभएको अनुगमन गर्ने बताइएको छ ।

‘स्वास्थ्य सेवा प्रवाहका लागि संघ, प्रदेश र स्थानीय तहहरुमा रहेका अस्पतालहरुबाट भईरहेको उपचारात्मक सेवा र उपलब्ध श्रोत र साधन ९औजार उपकरण० को अत्यधिक उपयोग भए, नभएको समेत समग्र क्षेत्रको अनुगमन गरी माननीय मन्त्रीज्यू समक्ष प्रतिवेदन पेश गर्न अतिरिक्त स्वास्थ्य सचिवको नेतृत्वमा देहाय बमोजिमको अनुगमन समिति गठन गर्ने मन्त्री बस्नेतको निर्णयमा उल्लेख छ।

निर्णय अनुसार अतिरिक्त सचिवको नेतृत्वमा रहने उक्त समितिमा नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख, गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख, प्रशासन महाशाखा प्रमुख, आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक, उपचारात्मक महाशाखाका निर्देशक, व्यवस्थापन महाशाखाका निर्देशक, नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाका निर्देशक सदस्य रहेका छन् भने मन्त्रालयका डा गुणानिधी शर्मा सदस्यसचिव रहेका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार