• शनिबार, साउन ९ २०८३

सार्वजनिक ओहोदामा रहेकाका सन्तान सामुदायिक विद्यालयमा पढाउनुपर्ने


शुक्रबार, बैशाख २२ २०८०
1.2K
Shares

सुदीप श्रेष्ठ

गोरखा । अजिरकोट गाउँपालिकाले सार्वजनिक पदधारण गरेका अभिभावकले बालबालिकालाई अनिवार्य रुपमा सामुदायिक विद्यालयमा भर्ना गर्नुपर्ने निर्णय गरेको छ।

बुधवार भएको गाउँ कार्यपालिकाको निर्णयानुसार पालिकाकाभित्र पालिकाकाभित्र सार्वजनिक पदधारण गरेकाहरूले आफ्ना बालबालिकालाई सात दिनभित्र सामुदायिक विद्यालयमा भर्ना गर्न सूचना निकालेको छ।

सामुदायिक विद्यालयलाई थप ब्यबस्थित र प्रभाबकारी बनाई गुणस्तरीय शिक्षा सुनिश्चितता गर्न सहयोग पु¥याउने उद्देश्यले सार्वजनिक पद धारण गरेका सबैले सामुदायिक विद्यालयमा भर्ना गर्नुपर्ने पालिका अध्यक्ष दिपक देवकोटाले जानकारी दिए।

पालिकाले सार्बजनिक पद धारण गरेका जनप्रतिनिधि, शिक्षक, कर्मचारी बिधालय ब्यबस्थापन समितिमा आबद्ध शिक्षक अभिभावक संघका पदाधिकारीहरुले आफ्ना बालबालिकाहरुलाई बाल कक्षादेखि कक्षा ८ सम्म अनिवार्य सामुदायिक बिद्यालयमा भर्ना गराउनुपर्ने निति ल्याएको देवकोटाले बताए ।

गाउँपालिकाले बिहिवार सूचना जारी गर्दै सार्वजनिक पदधारण गरेका सबैका बालबालिका सामुदायिक विद्यालय भर्ना गराउने निर्णय भएकाले सूचना प्रकाशित मितिले सात दिनभित्र अनिवार्य रुपमा सामुदायिक विद्यालयमा भर्ना गराई सोको जानकारी शिक्षा शाखामा उपलब्ध गराउन सूचनामा भनिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार