• शनिबार, साउन ९ २०८३

सर्बियाको विद्यालयमा गोली चल्यो, ९ जनाको मृत्यु


बिहिबार, बैशाख २१ २०८०
885
Shares

सर्बियाको राजधानी बेलग्रेडस्थित एक विद्यालयमा १३ वर्षीय बालकाले गोली चलाउँदा नौ जनाको मृत्यु भएको छ।

प्राथमिक विद्यालयमा अध्ययनरत ती बालकले आफ्नो बुबाको लाइसेन्स प्राप्त बन्दुकले आक्रमण गर्दा नौ जनाको मृत्यु भएको र सात जना घाइते भएका छन्।

मृत्यु हुनेमा आठजना विद्यार्थी र एकजना सुरक्षा गार्ड रहेका छन्। घाइते हुनेमा ६ जना विद्यार्थी र एकजना शिक्षक छन्। योजनाबद्ध रुपमा ती बालकले गोली चलाएको र उनलाई पक्राउ गरिएको सर्बिया प्रहरीले जनाएको छ।

सो घटनाप्रति दुःख व्यक्त गर्दै राष्ट्रपति एलेक्जेन्डर बुसिकले तीनदिने शोकको घोषणा गरेका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार