काठमाडौँ । लक्जम्वर्ग देशको विकास सहयोग तथा मानवीय साहयता (परराष्ट्र) मन्त्री फ्रान्ज फायटले गोरखा भ्रमण गरि फर्किएका छन् । बुधबार दिउसो १ वजे हलिकोप्टर मार्फत गोरखा आएका मन्त्री फायट गोरखामा आफ्नो देशको सहयोगमा सञ्चालन भएका बिभिन्न कार्यक्रम तथा परियोजनाहरुको अनुगमन गरेका छन् ।
जसमा गोरखा अस्प्तालको सेवा प्रवाहका बारे समेत उनले चासो राखे । उक्त देशले भुकम्प पछि करिव ५ वर्ष गोरखा अस्पतालमा फिजियोथेरापी सेवामा सहयोग गरेको थियो ।
गोरखा अस्पतालको अवलोकन पछि मन्त्री गोरखा नगरपालिका वडा नं ७ हिलेपानीमा एक जना सेवाग्राहीलाई भेटेका छन् जसले उक्त सरकारको परियोजना अन्तरगत बंगुर पालन गरेकी छन् । २ वटा सुँगुर पालनमा सहयोग गरेकोका हाल उनको २८ वटा सुँगुर देखेर दंग परेका छन् ।

साथै उनले गोरखा नपा वडा नं ८ मा जिविकोपार्जन सहयोग अन्तरगत बाख्रा पालन कार्यक्रम समेत अवलोकन गरेका छन् । करिव ३ घण्टा समय गोरखामा विताएका मन्त्रीलाई गोरखा नगरपालिकाको उप प्रमुख मोसली माया थोकर, गोरखा अस्पतालको व्यवस्थापन समिति, एकिकरण नेपाल गोरखाले स्वागत गरेको थियो ।
मन्त्री फ्रान्जले परियोजनाको दिगोपनामा चासोका साथ प्रश्न गरेका थिए । भ्रमण टोलीमा नेपालको लागि राजदुत पेग्गी फ्रान्टजेन, विकास सहयोग तथा मानवीय साहयता निर्देशक क्रिस्टोफ सिल्ज, विकास सहयोग तथा मानवीय साहयता नागरिक समाज र गैर सरकारी संयोजक सिल्भी दस सन्तोस, निजी अंगरक्षक, ह्याण्डीक्याप लक्जम्वर्गको निर्देशक म्हेदी मग्हर, नेपालको निर्देशक पाउलिन नादिम डुकोस लगायत उच्च अधिकारीहरुको संग्लनता रहेको थियो ।
उक्त देशले ह्याण्डीक्याप इन्टरनेश्नल तथा एकिकरण नेपालसंगको सहकार्यमा गोरखामा समावेशी शिक्षा, समावेशी जिविकोपार्जन र फिजियाथेरापी तथा पुनस्र्थापना कार्यक्रम संचालन गरेको थियो । सन् २०१७ वाट सुरु गरेको उक्त कार्यक्रम सन् २०२२ मा समापन भएको छ ।
