काठमाडौं : बाँकेको नरैनापुरलाई निषेधित क्षेत्र घोषणा गरिएको छ ।
कोरोना भाइरस संक्रमित नै भाग्न थालेपछि नरैनापुरलाई निषेधित क्षेत्र घोषणा गर्ने निर्णय गरिएकाे हाे ।
जिल्ला सुरक्षा समिति बाँकेमा आइतबार बसेको बैठकले राति ८ बजेबाट निषेधित लागू गर्ने र नेपाली सेनासहित सुरक्षाकर्मी परिचालन गर्ने निर्णय गरेको हो ।